काठमाडौँ । गृह मन्त्रालयले बाढी पहिरोबाट प्रभावित भएकाहरूको खोज,उद्धार तथा राहतमा सबै सुरक्षा निकायहरूलाई परिचालित हुन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टरलगायत केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा उपलब्ध सबै उपकरण र साधन प्रयोग गर्न निर्देशन दिएको हो ।
हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाइका बाबजुद काठमाडौँ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरूको उद्धार कार्य भइरहेको छ मन्त्रालयले जनाएको छ ।
विपद्बाट घाइते भएकाहरूलाई उपचारको व्यवस्था मिलाउन र प्रभावितहरूको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।