काठमाडौँ । सिन्धुपाल्चोकका शुभम् देवकोटा (नाम परिवर्तन) ले सामाजिक सञ्जालमार्फत गत वैशाखमा रोजगारीको विज्ञापन भेटे । 

आफ्नो अध्ययन पुरा गरेर बसेका देवकोटा देशमै रोजगारीको अवसर कुरिरहेका थिए । 

लामो समयदेखि बेरोजगार रहेका देवकोटाको सोच शैक्षिक क्षेत्रमै काम गर्ने थियो । उनले खोजे र भने जस्तो रोजगारीका लागि कर्मचारी आवश्यकता भएको सूचना सामाजिक सञ्जालमार्फत पाएपछि उनी त्यसतर्फ आकर्षित भए । र,उनले सूचना जारी गर्ने जन विकास शिक्षा प्रा.लिसँग सम्पर्क बढाए । 

कम्पनीले देवकोटालाई रोजगार दिने आश्वासन दियो । देवकोटाले पनि आफूले भने जस्तो जागिर पाउने भएपछि आवेदन दिए । 

आवेदन दिए लगत्तै काम सुरु हुने भन्दै कम्पनीले उनीसँग आवेदन दिएबापत ३५ सय रुपैयाँ दिन भन्यो । देवकोटाले पनि सोहीअनुरूप रकम कम्पनीकै खातामा हालिदिए । 

तर,आवेदन दिएको ६ महिना बितिसक्दा पनि न देवकोटाले काम पाए न पैसा फिर्ता । उनीजस्ता सयौँ जनासँग देशैभरीबाट कम्पनीले रकम असुल्यो । 

´देशमै रोजगारी गरौँ भनेर अवसरको खोजीमा हिँडियो यता पैसा पनि गयो समय पनि गयो´,देवकोटाले शुभ टाइमसँग भने । 

ऊनी आफुमात्रै नठगिएको बताउँछन् । ऊनी आफू जस्ता थुप्रै साथीहरूलाई कम्पनीले ठगेको बताउँछन् । 

´पीडित म मात्रै होइन मजस्ता सयौँ जनासँग लाखौँ पैसा असुलेको छ । अरू पीडित साथीहरूसँग अहिले पनि म सम्पर्कमा छु´,उनले सुनाए । 

जनविकासको पैसा लुट्ने धन्दा 

´शिक्षामा विकास हाम्रो प्रयास´भन्ने नारा राखेर जनविकास शिक्षा प्रा.लिले बेरोजगार युवाहरूलाई चिल्लीबिल्लीी बनाएको छ । लाखौँ पैसा उठाएर कम्पनीका निर्देशक धिरेन्द्र कुमार पासवान फरार छन् ।

शुभटाइम डटकमले पासवानलाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन । पासवानले देशभरका सबै पालिकाबाट व्यक्तिनै पिच्छे फरक फरक दरमा रकम उठाएका छन् । जनकपुर घर बताउने पासवान राजनीतिक संरक्षणमा रहेको स्रोतको दाबी छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय