सिन्धुपाल्चोक । आसन्न स्थानीय तह आउन अब ६ दिन बाकी छ । यो संगै इन्द्रावती गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रचार प्रसारलाई तिव्रतासाथ अघि बढाईरहेको छ ।

आज चाबहिलको “ए वान” पार्टी प्यालेसमा नेकपा एमाले इन्द्रावती गाउँपालिकाले “स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा आयोजित उम्मेदवासंग चियापान कार्यक्रम”सम्पन्न गरेको छ । काठमाडौं इन्द्रावती सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्षका उम्मेदवार झम्क नेपाल,उपाध्यक्षका उम्मेदवार शोभना तामाङ नेकपा एमालेका तर्फबाट इन्द्रावतीका १२ वटै वडाका वडाध्यक्षका उम्मेदवार,सम्पर्क मन्चका नेता शिवहरी सापकोटा,राजन आचार्य लगायत नेता तथा कार्यकर्ता हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षका उम्मेदवार झम्क नेपालले अब ६ दिन गाउँमा गएर निर्वाचनमा खटिन आग्रह गर्नुभयो । उहाँले इन्द्रावतीमा जुनसुकै हालतमा नेकपा एमालेका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा वडाध्यक्षहरुको प्रतिनिधित्व गर्दै शशिनाथ आचार्यले विपक्षीलाई गाली मात्र हैन आफ्नो एजेन्डा मतदाताहरुमाझ प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले सबैजनालाई निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
मतदाताहरुमाझ प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले सबैजनालाई निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय