सिन्धुपाल्चोक । निर्वाचन परिचालन कमिटीद्वारा आयोजित स्थानीय निर्वाचन  केन्द्रित  एमाले निकट युवा तथा विद्यार्थी भेला आज मेलम्चीमा सम्पन्न भएको छ  ।  

कार्यक्रममा कार्यक्रमका विशेष अतिथि  राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष अशोक चौलागाईंले स्थानीय निर्वाचनमामा युवाहरूको भूमिका लगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियो भने कार्यक्रमका विशेष अतिथि बाग्मती प्रदेश कमिटी सदस्य  मित्रलाल चौलागाईंले युवाहरुले निर्वाचनमा बुथको सुरक्षा कसरी गर्न सक्छन् र अब  निर्वाचन आउन बाकी दिनमा युवा तथा विद्यार्थीहरु सशक्त रूपमा लागि नेकपा एमालेको मेलम्ची नगरपालिका भरिका सबै वडा हरुवा विजय गराउन युवाहरुको उलेख्य भूमिका रहनेमा आफू विश्वस्त रहेको   बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले हामीले यो स्थानीय चुनाव हामीले जिती सक्यौ हामी लड्ने हैन अरू पार्टी लड्दै गर्छन् हामिले जिती सक्यौ र जिती सके पनि यो निर्वाचन मा हामीले विजय जुलुस मनाइ सकेपछि जब प्रमाणपत्र पाउँछौ तब मात्रै हामी पूर्ण रूपमा स्वतन्त्र हुने बताउनु भयो  । अब केही दिन मा निर्वाचन कि यो पिक आवर मा सबै युवाहरुले बुथको सुरक्षा र मतदान स्थल मा आफ्नो जिम्मेवारी सम्मान ढङ्गले पूरा गर्ने विश्वास रहेको बताउनुभयो । 


नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजय कृष्ण श्रेष्ठको  सभाध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने राष्ट्रिय युवा सङ नेपाल सिन्धुपाल्चोक जिल्ला संयोजक राजन दुलालले कार्यक्रम सञ्चालन गर्नुभएको । अनेरास्ववियु जिल्ला कमिटी सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय