सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै चौतारमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेका लर्को लाग्न थालेको छ । आज पनि विभिन्न पार्टी परित्याग गरी १४ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका– १२ का १४ युवा आज एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका नेता दावा तामाङले पार्टीमा स्वागत गरेका गर्नुभएको थियो । 

चौतारामा एमाले, कांग्रेस र माओवादी–नेकपा एसको त्रिपक्षीय प्रतिस्पर्धा छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मेयरमा इन्द्र नेपाल र उपमेयरमा बालकुमारी सापकोटाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय