Site icon Subhatime

पाउमा पैसा राखेर भोट माग्ने काङ्ग्रेसका उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १० मा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवारी दिएका अमृत खनाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ‘तपाईँले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन रु निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।’

आयोगले वडाध्यक्षका उम्मेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।

Exit mobile version