मेलम्ची । बालबालिका सबैका प्यारा ः बालमैत्री नगर ः हाम्रो अभिभारा भन्ने नारा सहित बालबालिकासंग हेल्लो मेयर उपमेयर कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र उपमेयर उमा प्रधानले विद्यार्थीले उठाएका प्रश्न र सवालको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिका भरिका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, महिला बालबालिका तथा समावेशिकरण शाखा प्रमुख राजेन्द्र दुलाल, पत्रकार लगायत उपस्थित थिए ।
कर्यक्रममा नगरपपालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले आफ्नो बिद्यालयमा भएका समस्याहरुप्रति लक्षित गर्दै नगरपालिका सँग प्रश्नहरु सोधेका थिए ।
यसै क्रममा सरस्वती माविका विश्वास दाहालले विद्यालयमा निरन्तर पानी नआउने र पानी फोहोर आउने गुनासो सहित यस समस्यालाई नगरले के सहयोग गर्छ भनि प्रश्न गरेका थिए । जवाफमा मेयर तामाङले विद्यालय व्यवस्थापन समिति यस समस्या न्युनिकरण गर्न तयार रहेको जानकारी दिनुभयो ।
त्यस्तै बिद्यार्थी जयन्ती खड्काले अभिभावक विहिन बालबालिकालाई विद्यालय ल्याउने योजना के छ ? भनि गरिएको प्रश्नमा मेयर तामाङले यसै कार्यकालमा सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने र यसबाट यो समस्या समाधान हुने बताउनुभयो । साथै उपमेयर उमा प्रधानले बाबा आमा नभएका र बाबा आमा भएर पनि संरक्षण नभएका बालबालिकालाई मासिक १००० दिने । बालगृहसंग समन्वय गरेर पढ्ने वातावरण सृजना गर्ने बताउनुभयो ।
बालसुधार माविका बिद्यार्थी सोनिया रामदामले विद्यालयका छात्रछात्रा अब्यवस्थित भएका समस्या सुनाउनुभयो ।
कालिका चेतना मावि अविनत दंगालले किताबको ज्ञान मात्र लिएर राष्ट्रको कुरा कसरी सिक्ने । पुस्तकालय र कम्प्युटर ल्याव सञ्चालन आवस्यक । दिवा खाजा बालुवामा पानी भयो, अनुगमन भएन । सौचालय राम्रो नभएको लागयतका समस्या कार्यक्रममा राख्नुभयो ।
यसको जवाफमा मेयर तामाङले महिनामा १ अथवा २ पटक विद्यालय अनुगमन गर्छाैँ गर्ने बताउँदै अपुग सामाग्रीको ब्यवस्था गर्ने आश्वासन दिनुभयो । साथै सरकारले ५ कक्षा सम्म दिवा खाजा दिएको छ तर हामीले कक्षा १० सम्म दिएको बताउँदै यसबारे विव्यस र अभिभावक संग सल्लाह गर्ने बताउनुभयो ।
बिद्यार्थी सपना धनुकीले कभभ मा अनुत्तिर्णको लागि आगामी योजना के छ । राम्रो ल्याउनेलाई प्रोत्साहन के कस्तो हुन्छ भन्दै गरेको प्रश्नमा मेयर तामाङले सर्बोत्कृष्ठ जिपिए ल्याउनेलाई सम्मान गर्ने बताउनुभयो ।
कालिकादेवि माविका मनोज तामाङ भौतिक बिकास मात्र बिकास नभई बालबालिकाको क्षेत्रमा बिनियोजन गरेको बजेट कति छ भनि गरेको प्रश्नमा उपमेयर प्रधानले बालबालिकाको लागि १ करोड ४८ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
महाकाली माविकी अनिसा तिवारीले आर्थीक अवस्था न्यून भएकालाई अतिरिक्त कक्षा नगरपालिकाले दिन सक्छ मेयर साप ? पोसाकको व्यवस्था गर्न सक्छकि सक्दैन भनि सोधे ।
त्यस्तै ईन्द्रेश्वरी माविकी प्रमिला खड्काले शिक्षा र स्वास्थ्यको क्षेत्रमा के भइरहेको छ ? भनि सोधे । उत्तरमा मेयर तामाङले एक विद्यालय एक नर्शको कोटा यसपालिबाट ईन्द्रेश्वरीमा पर्ने बिद्यवास दिलाउनुभयो ।
जनजाग्रीति माविकी शर्मिला तामाङले विद्यालयमा अंग्रेजी भाषा मोहमा परेर, आफ्नो भाषा मेटिने डर भयो भन्दै चिन्ता ब्यक्त गरे जसमा उपमेयर प्रधानले नेपाली विद्यार्थी पनि विश्वमा विक्नुपर्छ भनेर अंग्रेजी भाषाको सुरू गरिएको बताउनुभयो ।
जलवाईदेवि माविकी गरिमा भारतीले गतबर्ष विद्यालयमा घेरावारको बजेट राख्छु भन्नुभएको थियो, के भइरहेको छ भनि प्रश्न सोधे जवाफमा मेयरतामाङले बिद्यालयका लागी १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कालिका मावि थाक्लेकी श्रेसा तामाङले तामाङ भाषामा पढाउने निर्णय भएको छ, कहिलेबाट सुरू हुन्छ ? भनि गरिएको प्रश्नमा मेयर तामाङले तामाङ भाषा पढाउन आवस्यक रहेको ठाउँमा हामी पढाउँछौँ भनेका थियौँ, छिटो भन्दा छिटो यसको सुरू हुने जानकारी गराउनुभयो ।
फटकसिला माविकी सृस्टिका तामाङले खेलकुद कार्यक्रम हुन नसकेका भन्दै खेलकुद सामाग्रीमा समस्या रहेको बताए, जवाफमा मेयर तामाङले कसैले जग्गा दान गर्छ भने खेलकुद मैदान नगर बनाउन तयार रहेको बताउनुभयो ।
जलवाइदेवि माविकी सजना बोगटीले विद्यालयको शौचालयमा धारा नभएकोले सरसफाई पनि छैन कसरी बालमैत्री वडा घोषणा हुन्छ ? भन्दै प्रश्न गरे । त्यस्तै तेर्से माविकी समीक्षा तामाङले विद्यालयलाई बाढीको जोखिमबाट बचाउन बजेट बिनियोजन भएको छ कि छैन ? भनि प्रश्न गरे ।