चौतारा । लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा रमेश दुलाल निर्वाचित भएका छन् ।

अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तानको रुपमा ३ वर्ष अगाडी सिन्धुपाल्चोक चौतारामा स्थापना भएको क्लवको तेस्रो अधिवेशनले अध्यक्षमा दुलाल सहितको टिम निर्वाचित गरेको हो ।

आइतबार चौताराको अरनिको रिसोर्टमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा दुलाल सहित प्रथम उपाध्यक्षमा राकेश श्रेष्ठ, द्धत्तिय उपाध्यक्षमा सुजता सापकोटा र तृतीय उपाध्यक्षमा लालबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

यस्तै क्लबको सचिवमा कमल गौतम, सहसचिवमा समिर दुलाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गोमा भट्टराई र सहकोषाध्यक्षमा सुधिना गौतम निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै साधारणसभाले क्लबको सल्लाहाकार समितिमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा सहित नरमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र सानुमाया गुरुङलाई चयन गरेको छ ।

अधिवेशनबाट क्लबको डाइरेक्टरमा क्लबका संस्थापक अध्यक्ष अर्जुन शर्मा, निर्वमान अध्यक्ष मिना थापा, रोहित शर्मा र नविन प्रदान निर्वाचित भएका छन् भने मेम्मरसिप चेयरपर्शन कुमार भट्टराई, एल सि आइ एफ कोर्डिनेटरमा हालका अध्यक्ष पवन सापकोटा, सर्भिस चियरपर्सन चिरञ्जिवि कट्टेल, पिआर अफिसरमा अनिता ढुंगाना थापा, फाइनान्स अफिसरमा राजु खत्री र हेल्थ अफिसरमा केदारनाथ दुलाल सर्बसम्मतले चयन भएका छन् ।

३ वर्ष पहिले सिन्धुपाल्चोक जिल्ला कार्यक्षेत्र बनाएर स्थापना भएको यस क्लवले विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय