Site icon Subhatime

सिन्धुपाल्चोकमा माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जनाभन्दा बढी एमालेमा प्रवेश

​​​​​​​काठमाडौँ । सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ का निवर्तमान वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित  ५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ मा श्रेष्ठले  माओवादी केन्द्रबाट वडा अध्यक्ष जित्नुभएको थियो । 

माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट  ५० जनाभन्दा बढी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी एमालेमा प्रवेश गरेका हुन।

एमाले अध्यक्ष ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।

​​​​​​​

Exit mobile version