मेलम्ची । स्थानीय स्काउट कार्यालय मेलम्चीद्वारा आयोजित ३ दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिम मेलम्चीमा सुरु भएको छ । स्थानीय प्रमुख आयुक्त सुनीलकुमार भण्डारीको अध्यक्षतामा उद्घाटन सत्रको प्रमुख अतिथि मेलम्ची नगरप्रमुख एवम् स्थानीय स्काउट संरक्षक आइतमान तामाङले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तामाङले नगरपालिकाको स्काउटलाई अझै सक्रिय बनाउनुपर्ने बताउनुभयो । यसको सरक्षण गर्ने दायित्व नगरपालिकाको पनि भएकाले यसलाई प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले अनुशासीत ब्यक्तिले मात्र पछि स्काउटको प्रशिक्षक बन्ने अवसर प्राप्त गर्ने भैएकाले अनुसाशनमा रहेर काम गर्न सुझाउनुभयो ।
नगर प्रमुख तामाङले मेलम्ची नगरपालिकाले उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको भन्दै नगरपालिका भित्र संचालित विभिन्न सामुदायिक विद्यालयमा छात्रावासको समेत ब्यबस्थापनमा नगरपालिका लागि रहेको जानकारी दिनुभयो । नगरपालिकाले शिक्षा लाई विशेष प्राथमिकतामा राखेर शिक्षा सँगै खेलकुद स्वास्थ्यलाई समेत विशेष प्राथमिकतामा राखेको तामाङको भनाई थियो ।
तालिम पश्चात् अब नगरपालिका भित्र भएका विपदमा उल्लेख्य भुमिका रहने अपेक्षा राख्दै यो तीन दिनको समयको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै स्थानिय स्काउट परिषदका अध्यक्ष एवम मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले तीन दिनको तालिममा स्काउट भनेको के हो र स्काउट ले केके काम गर्छ जस्ता स्काउटको बारेमा सहभागीहरुले सम्पुर्ण जानकारी लिनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।उहाँले जिल्लाको हरेक गतिविधिमा स्काउटको सहभागीता हुनु पर्नेमा जोड दिनुभयो । नगरपालिकाको विपद् ब्यबस्थापन समितिमा पनि नगर स्काउटलाई समावेश गरि अगाडि बढ्ने कार्यविधी बनाएर निर्णय भएको उहाँले बताउनुभयो ।
तालिम लिए पछि ब्यबहारमा उतार्न जरुरी रहेको भन्दै यहाँ तीन दिन सम्म लिनुभएको तालिमले विद्यालय र समाज परिवर्तनमा उल्लेख्य भुमिका रहने बताउनुभयो । प्रधानले मुल्यको भावनामा भन्दा स्वयंसेवकको भुमिकामा अगाडि बढ्नुहुने बिश्वास ब्यक्त गर्नुभयो । नगरपालिकाले गरेको लगानी खेर नजाने गरि तालिम मा सहभागी हुन आग्रह गर्दै मेलम्ची नगरपालिकाको यो स्काउट लाई राष्ट्र ब्यापी चर्चा पाउने गरी काम गर्नु आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल स्काउट बाग्मती प्रदेशका सह आयुक्त मिना श्रेष्ठले नगरपालिका भित्र रहेका स्काउटका शिक्षकहरुलाई अझै सक्रिय बनाउन सके स्काउटका गतिविधि नियाल्न सहज हुने बताउनुभयो । तालिमलाई व्यबहारमा उतारियो भने मात्र यो तालिमको उदेश्य सफल हुने उहाँको भनाई थियो ।
जिल्लाको पालिकाहरु मध्ये मेलम्ची नगरपालिकाले स्काउट लाई धेरै माया गरेको भन्दै नगरपालिकाका प्रमुख र उप प्रमुख लगाएत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । स्काउटका राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले तालिम भन्दा पनि सहभागी सबैले नेपाल स्काउट केका लागि र किन भन्ने बुझ्नु पर्नेमा जोड दिनुभयो ।
यो तालिमले बालबालिकाको नेतृत्व विकाश गर्ने, अनुशासित बनाउने भन्दै यसको महत्वका बारेमा बुझाउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा सदस्य प्रतिमा धिताल मेलम्ची नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्र खतिवडा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने मेलम्ची कम्युनिटि स्कुलका प्रिन्सिपल दिनेश बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा इन्द्रध्वज गणका सेनानी,विभिन्न वडाका जनप्रतिनिधि,पत्रकार, उद्योग वाणिज्य संघ र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायत स्काउट शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । कार्यक्रम संचालन शैक्षिक पद्धति आयुक्त लेखनाथ भट्टराईले गर्नुभएको थियो ।