मेलम्ची । बाहुनेपाटीमा सञ्चालित कपाल काट्ने तालिमको समापन गरिएको छ । “सीप सिकौ स्वरोजगार बनौ”भन्ने उद्देश्यले सञ्चालित कपाल काट्ने तालिम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा,वडा न.१२ का वडा अध्यक्ष गणेश तामाङ,महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा शाखा प्रमुख राजेन्द्र दुलाल लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
तालिम मेलम्ची नगरपालिकाको आर्थिक सहयोग, कृ हेयर स्टुडियो मेलम्ची नगरपालिका वडा न. १२ को आयोजना मा जेठ १५ गते देखि एक महिना सम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले युवाहरू बैदेशिक रोजगारीमा जानू पर्ने बाध्यतालाई रोक्न र आर्थिक रूपमा युवालाई अब्बल बनाउन यो तालिम सञ्चालन गरिएको बताउनुभयो । यो तालिबाट युवाहरू आर्थिक रूपमा आफै अब्बल बन्ने कुरामा विश्वस्त रहेको वताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा नं.१२ का वडा अध्यक्ष गणेश तामाङले स्थानीयहरूको पैसा स्थानीय स्तरमा नै रहने गरि काम गर्न सहभागीलाई अनुरोध गर्नुभयो ।
आयोजक कृ हेयर स्टुडियोका सञ्चालक श्यामनाथ ढकालले १३ जनाले तालिम प्राप्त गरेको र तालिम प्राप्त व्यक्तिलाई न्युनतम कपाल काट्ने सामग्री वितरण गरेको बताउनु भएको छ । समापन कार्यक्रम सञ्चालन मेलम्ची नगरपालिका महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाका शाखा प्रमुख राजेन्द्र दुलालले गर्नुभएको थियो ।