श्याम शर्मा लामिछाने
सिन्धुपाल्चोक । हाम्रो जिल्ला (सिन्धुपाल्चोक) बहुप्रकोप तथा विपदले आक्रान्त जिल्ला हो । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका २०७८ बाढिका कारण ठुलो संख्यामा मानविय तथा भौतिक क्षती भएको पालिकाहरु हुन । भावी दिनहरुमा बाढी तथा पहिरोजन्य विपदको क्षतिलाई कम गर्नको लागि हेलम्बु मेलम्ची क्षेत्रको माथिल्लो भुभागहरुमा बर्षा तथा खोला सतह मापन केन्द्रहरु स्थापना भएको छ ।
जुन स्वचालित हुन । जसले प्रत्येक १० / १० मिनेटमा बर्षा तथा खोलाको सतह मापन गरि जल तथा मौसम विज्ञान विभाग वेब सर्भरमा पठाउने गर्दछ । विभागबाट आवश्यक विश्लेषण र अध्ययन गरि ३ दिने बुलेटिन प्रशारण र ११५५ बाट मोबाइलमा एस एम एस अलर्ट आउने गर्दछ । ती बुलेटिन र एस एम एस विशेष ध्यान दिएर हेरौ र बुझौ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस बर्ष अघिल्ला बर्ष भन्दा धेरै बर्षा हुने आकलन गरेको छ ।
सहि समयमा सहि सूचना दिन सकेमा ज्यान र सम्पत्ति बच्न सक्छ । आफुले थाहा पाए सम्मको सूचना सबैलाई प्रसारण गरौ । आफू बचौ, अरुलाई बचाऔ ।