हेलम्बु । हेलम्बु ४ को वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्वि सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । असार १२ र १३ गते २ दिने कार्यक्रम गरिएको हो ।

हेलम्बु गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको तालिमको बुधबार गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि निमा ग्याल्जेन शेर्पाले उद्वाटन गर्नुभएको थियो । तालिममा हेलम्बु ४ भित्र सम्भावित प्रकोप प्रभावित क्षेत्रको बारेमा सहभागीले समुहगत रूपमा छलफल गरेका थिए भने विपद् के हो रु विपद आए प्रतिकार्य कसरी गर्ने रु मेलम्ची बाढीको बारेमा र विपद् सम्बन्धी कानुन बारेमा जानकारी गराइएको थियो ।

तालिम पश्चात प्रशिक्षार्थी दुर्गा आचार्यले सबैजना विपदमा परेको बताउँदै विपद् प्रतिकार्य गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने भएकोले कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी खिल प्रसाद लामिछाने विपद आइपरेको खण्डमा हामी डटेर लाग्ने छौँ भन्दै कार्यक्रम प्रभावकारी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै हेलम्बु ४ का पुर्व वडा अध्यक्ष, राजकुमार लामिछानेले हेलम्बु गाउँपालिका बाढीको उच्च जोखिममा रहेको बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक इच्छाराम सापकोटाले वडाको काम भनेको बाटो खन्ने भन्ने मात्र धारणा भए पनि विपद पुर्व तयारीको लागि वडा आफै अग्रसर भएकोमा खुशी ब्यक्त गर्नुभयो । बाढी पहिरो, मनसुनजन्य पुर्वतयारीको लागि वडाले तयारी थालेकोमा सापकोटाले वडा कार्यालयलाई धन्यवाद पनि दिनुभयो । हेलम्बु अझै पनि बाढीको उच्च जोखिममा रहेकाले सबैजना सचेत हुन आवस्यक रहेको उहाँको भनाई थियो ।

विपद फोकल पर्सन, हरि बहादुर श्रेष्ठले विपद बाट पहिला आफै जोगिन पर्ने बताउँदै हेलम्बु गाउँपालिकाले विपद पुर्व तयारीको लागि आपतकालिन सेवा केन्द्र स्थापना गरेको जानकारी दिनुभयो । गाउँपालिकामा विपद व्यवस्थापन समिति गठन गरिनुका साथै विपद व्यवस्थापन कोष स्थापना भएको र विपद प्रतिकार्यको लागि आगामी बर्षको लागि १ करोड बिनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

विपद पुर्वतयारीको बारेमा केही ज्ञान सिक्न सकेमा जोखिम न्युनिकरण गर्न सकिने भएकोले यो कार्यक्रम वडाले आयोजना वडा अध्यक्ष बुद्विमान तामाङले बताउनुभयो । कार्यक्रममा विपद व्यवस्थापन समितिले धेरै कुराहरू सिकेको र सिकेका यी कुराहरू समुदायमा जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।

हामी बाढीबाट एकदमै आक्रान्त छौँ, बाढी आएपछि हाम्रो बस्ती कसरी जोगाउने भनेर हामीलाई चिन्ता हुन्छ । हामी संग स्रोत साधन छैन । सरकारले यसमा चासो देखाएन, उहाँले गुनासो गर्नुभयो । साथै वडामा १०–११ घर बाढीको उच्च जोखिममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका वडा नम्बर ४ को कार्यक्रम अनुसार वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा भएको वडा स्तरिय विपद व्यवस्थापन समिती क्षमता अभिबृद्दी कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ लगायतको उपास्थितिमा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्चले गरेको थियो । कार्यक्रमको संचालन स्याम लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार