हेलम्बु । हेलम्बु गाँउपालिकाले आगामि आवका लागि ५३ करोड ७४ लाख ७६ हजारको बजेट प्रस्तुत गरेको छ । आजको गाँउसभामा उपाध्यक्ष अप्सरा लामिछानेले उक्त बजेट सभामा प्रस्तुत गर्नुभयो ।
हेलम्बु गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक वर्ष ०८१÷८२ का लागि गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

गाउँपालिका, सबै शाखा, स्वास्थ्य संस्था र सरकारी विद्यालयले उक्त नियम पालना गर्नुपर्नेछ। प्लास्टिकका बोतल र झोलाको सट्टा तामा र पित्तलका अम्खोरा, फिल्टर र गिलास प्रयोग गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । मिनरल वाटर किनेर खाँदा अनावश्यक खर्च हुने मात्र नभई प्लास्टिक स्वास्थ्यका लागि समेत हानिकारक भएकाले यस्तो नीति लिएको उहाँले सुनाउनुभयो ।

त्यसैगरी, नीति तथा कार्यक्रममा हेलम्बुका प्रत्येक नागरिकले पाँच लाखसम्मको स्वास्थ्योपचार पाउने उल्लेख छ। त्यसका लागि पालिकावासीबाट वार्षिक रकम संकलन गर्ने र सरकारको तर्फबाट पनि विनियोजन गरेर कोष स्थापना गरिने बताइएको छ।

यसअघि पनि हेलम्बुले दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरेको थियो । प्लस टु पास गरेर हेलम्बुस्थित मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा अध्ययन गर्ने विद्यार्थीले गाउँपालिकाबाट इन्टर्नसिप पाउने घोषणा गरिएको छ । इन्टर्नसिपका लागि विद्यार्थीले पालिकामा रहेका प्राथमिक विद्यालयमा शिक्षण गर्नेछन् । ५२ करोड बजेट घोषणा गरेको हेलम्बुले सबै विद्यालयमा किचेन गार्डेन अवधारणा लागू गर्ने नीति लिएको छ।


बजेटमा हरेक वडा कार्यालयका योजनालाई ४० लाखका दरले, चालुतर्फ ८ करोड ९१ लख, शिक्षामा ४ करोड ८६ लाख ५ हजार त्यस्तै स्वास्थ्यमा २ करोड ७२ लाख बिनियोजन गरिएको प्रमुख प्रसाशकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो । पशुमा ५३ लाख ५० हजार, कुषिमा १ करोड १० लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार