मेलम्ची । मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ । श्री इन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा मेलम्ची नगरपालिकाको सहयोगमा तनाव वयवस्थापन सम्बन्धी दुई दिने तालिम आज मेलम्चीमा सुरु भएको हो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्य मा सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्नुहुदै नगर प्रमुख आइतमान तामाङले दुई दिने तनाव व्यवस्थापन तालिममा तालिम प्रशिक्षकले सहभागीहरुलाई तनाव मुक्त हुन सिकाउने विस्वास लिनुभयो । उहाँले पालिका योगमय भएको कारण कति धेरै जनाको तनाव कम भएको बताउनुभयो ।

त्यसैगरि नगर उप प्रमुखले हामीलाई सानो सानो कुराले तनाव दिने र आज भोलि तनाव शब्द सामान्य भएता पनि यसले जटिलता पैदा गरिरहेको बताउनुभयो । सहभागी सबैलाई सकारात्मक भै तनाव मुक्त गर्न उहाले सुझाव दिनु भयो ।

सहकारीकि अध्यक्ष कल्पना चालिसेको शभाध्यक्षमा सुरु भएको तालिममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई , महिला बालबालिका तथा समाबेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल , वडा सदस्य प्रतिमा धिताल, नगर जेस्ठ नागरिक सन्जाल अध्यक्ष एकादत्त धिताल उपस्थित हुनुहुन्थ्यो । अनुप पौडेलले दुई दिने तालिम कार्यक्रमको उद्देश्य बारे प्रस्टाउनुभयो भने उहाले नै प्रशिक्षण दिनुहुने छ ।

कार्यक्रममा काली वाइबा तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो । दुई दिने कार्यक्रममा उक्त सहकारीका सदस्य लगायत मेलम्ची नगरपालिका वडा नं ११ का महिलाहरु सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय