पाँचपोखरी । पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे पन्ध्राैं गाउँसभाबाट आगामी आर्थिक बर्ष २०८१-०८२ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ ।अध्यक्ष टासी लामाद्वारा प्रस्तुत आगामि आ.व. ०८१ /०८२ काे नीति कार्यक्रम प्रस्तुत, नीति कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
नीति तथा कार्यक्रममा पर्यटन , लोकल रक्सीलाई ब्राण्डिङ गरिने यसको उत्पादन र बिक्रि वितरणमा प्राेत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आायातित सिल प्याक मदिरामा प्रतिबन्ध लगाईने, स्थानिय रैथाने ज्ञान शिपमा अाधारित प्रविधीकाे प्रबर्धन, कृषि उत्पादकत्व बढाउने, प्लाष्टिक रहित पालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै महिला स्वंसेवीकाहरुको लागि थप रु ५०० थप गरिने लामाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै हरेक पर्यटकिय तथा धार्मिक स्थलमा क्विआर राखी त्यस सम्बन्धि जानकारी गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।त्यस्तै पालिका प्रवक्ता नारायण भट्टराईले आर्थिक ऐन , बिनियोजन ऐन र बजेट बक्तब्य प्रस्तुत गर्नुभयो ।
आगामी आर्थिक बर्सको लागि प्रस्तुत बजेट उपर छलफल गरि असार २६ गते बुधबार बजेट परित गर्दै सभा सम्पन्न हुने बताइएको छ ।