नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ कराेड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शाेभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ कराेड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० कराेड ४६ लाख ९४ हजार ६ सय ९७ रूपैयाँ, बागमती प्रदेश सरकार बाट ९ कराेड ४७ लाख ५८ हजार १ सय ५० रूपैयाँ गरि जम्मा ८३ कराेड ५० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।

त्यस्तै व्यय तर्फ चालू खर्च १३ कराेड ५८ लाख ५० हजार, वडा कार्यालयहरूकाे तर्फबाट पेश गर्ने याेजनाहरूकाे लाख ७ कराेड ४० लाख, विपद व्यवस्थापन लगाएतका अन्य विभिन्न काेषहरूकाे लागि २ कराेड, हेफरसंगकाे साझेदारीकाे लागि १ कराेड, झाे.पु लगायतका अन्य साझेदारीकाे लागि ७० लाख बिनियाेजन गरिएकाे छ ।

उपाध्यक्षसंग समृद्वि कार्यक्रमकाे लागि ३० लाख, लघु उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनकाे लागि जमानत बापत १ कराेड, २ वटा अस्पताल सञ्चालन व्यवस्थापन अनुदानकाे लागि ८० लाख, दायित्व भुक्तानीकाे लागि २ कराेड ५० लाख, बिषयगत शाखा तथा अन्य याेजनाहरूकाे लागि ९ कराेड ३ लाख ७२ हजार र विभिन्न पुर्वाधार लगायतका कार्यक्रमका लागि १० कराेड ३३ हजार सार्वजनिक गरिएकाे छ ।

संघिय समपुरक याेजनाका लागि ३ कराेड, विशेष याेजनाका लागि ९५ लाख, ससर्त याेजनाहरूका लागि २५ कराेड २८ लाख, त्यस्तै बागमती प्रदेश समपुरक याेजनाहरूका लागि ४ कराेड, विशेष याेजनाका लागि ८० लाख र ससर्त याेजनाका लागि २ कराेड २४ लाख ४५ हजार गरि जम्मा ८३ कराेड ५० लाख रूपैयाँ कुल खर्च सहित अनुमानित बजेट पेस गरिएकाे छ ।

त्यस्तै गाउँसभा बाट विभिन्न विद्येयकहरू पारित सोमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालद्वारा कार्यसूचीमा राखिएका विभिन्न विद्येयकहरू पारित भएका छन ।

सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य द्वारा प्रस्तुत आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ द्वारा प्रस्तुत आर्थिक विधेयक २०८१, विनियाेजन विधेयक २०८१, आर्थिक बर्ष २०८१/८२ काे बजेट सर्वसहमतीले पारित भएकाे हाे ।

त्यस्तै न्यायीक समिति सदस्य क्षेत्र तामाङ द्वारा प्रस्तुत न्यायिक समीतिकाे ८०/८१ काे बार्षिक प्रतिवेदन, सामाजिक बिकास समिति संयाेजक रविन्द्र कुमार खाती द्वारा प्रस्तुत राजश्व परामर्श समितिकाे प्रतिवेदन २०८०/०८१ सर्वसम्मतीले पारित भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय