सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँएसंगै नेकपा एमालेले चौतारा सांगाचोकगढी नगरपालिकामा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिव्रताका साथ अघि बढाएको छ । 

सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको चौतारा सांगाचोकगढी नगरपालिका विशेष निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ । यो सँगै नेकपा एमालेले पनि विशेष तयारीका साथ चौतारामा निर्वाचनको कसरत गरिरहेको छ ।   

नेकपा एमालेका तर्फबाट चौतारा सागाचाेकगढि नगरपालिकामा मेयरका उम्मेदवार इन्द्र नेपाल र उपमेयरका उम्मेदवार बालकुमारी सापकोटाले वडा नम्बर ३ को ‘खाले महाभिर’मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । आज चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा गएका एमाले उम्मेदवार तथा कार्यकर्ताले २ नम्बर वडाको सागिनेमा चुनावी आमसभा गरेको हो ।  

माओवादी केन्द्रका पूर्व गाउँ कमिटी अध्यक्ष रामबहादुर थापा सहित दर्जनौँ कार्यकर्ता एमाले प्रवेश ! 

एमालेको उत्त आमसभामा वडा नम्बर ३ का माओवादी केन्द्रका पूर्व गाउँ कमिटी अध्यक्ष रामबहादुर थापा सहित दर्जनाै कार्यकर्ता तथा जनप्रतिनिधि विष्णुमाया विक राष्ट्रिय प्रजातन्त्र पाटी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी छिन । 

एमाले प्रवेश गरेका नवप्रवेसिलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सरेस नेपालले टीका र खादा लगाएर स्वागत गरेका थिए । 

नवप्रवेश रामबहादुर थापाले माओवादीमा व्यापक  भ्रष्टाचार मौलाउँदै गएको बताउँदै आफू केन्द्रमा बसेर समय बरबाद गरेकोमा पछुतो लागेको बताए । माओवादी केन्द्रमा कुनै नीति, विधि, विधान नभएको र गाउँ विकास निर्माणमा कहिल्यै चासो नदेखाएको बताउँदै ३ नम्बर वडा माओवादी विहीन भएको समेत बताए ।

कार्यक्रममा चौतारा सागाचाेकगढि नगरका मेयरका उम्मेदवार इन्द्र नेपालले २ नम्बर बडाको शिक्षा, स्वास्थ्य, सडक तथा सहज जीवन यापनको विकासको लागि सधैँ तत्पर रहेको बताउँदै नेकपा एमालेको जित निश्चित भएको बताए। महिला सशक्तीकरण र हरेक क्षेत्रमा महिलाको सहभागिता शतप्रतिशत गराउनको लागि शिक्षित महिला भएको समाज निर्माणमा जोड दिनु पर्ने उपमेयर उम्मेदवार बालकुमारी सापकोटाले बताइन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरबहादुर तामाङले गाउँ विकास र जनताको जीवन समृद्ध बनाउन नेकपा एमालेको जित आवश्यक रहेको भन्दै सबैलाई नेकपा एमालेमा गोलबन्द हुन आह्वान समेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय