मेलम्ची । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँ लगायतले मेलम्ची बजारमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिका विच सँधै समन्वय रहेको बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षण मन्चलाई प्रत्येक बर्ष केहिमात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।उहाँले उपभोग्य सामान बजारीकरण गरेर नागरिकलाई स्वस्थ्य राख्नु नगरको उदेश्य रहेको बताउनुभयो । यसमा उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी स्थानिय तह लगाएत सबै निकायको उत्तिकै भुमिका रहने उहाँले बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका भएका बस्तुहरुलाई बजारिकरणका लागि नगरपालिकाले नीति बनाएर अगाडी बड्ने बताउनुभयो ।
त्यस्तै उपप्रमुख उमा प्रधानले उपभोक्ता हित संरक्षण मञ्चले अहिले सम्म सबैको मन जित्ने काम गर्दै आएको बताउनुभयो । उहाँले आगामि दिनमा पनि नागरिकसँग प्रत्यक्ष सम्बन्धित काम भएका कारण यसले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँका कृषकहरुको बजारको समस्याको समाधान निराकरणमा सवै लाग्नु पर्नेमा जोड दिनुभयो ।
मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँले कार्यालय स्थापनाले काम गर्न सहज हुने बताउँदै मेलम्ची नगरपालिकासंग सहकार्य गरेर अझै काम गर्ने बताउनुभयो । उपभोक्ताको बिषय र बजार व्यवस्थापनको जिम्मेवारी अतिनै महत्वपूर्ण काम रहेको बताउँदै संस्थाको कार्यलाई दिगो बनाउन लाग्न आग्रह गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका अध्यक्ष सालीग्राम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।