मेलम्ची । स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना,इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भगवती तिमल्सिना, स्थानीय प्रमुख आयुक्त,स्थानीय स्काउट परिषद सदस्यहरू लगायतकाे उपस्थितिमा कार्यक्रम मेलम्चीमा सम्पन्न भएकाे हो ।
कार्यक्रममा सम्पुर्ण स्थानीय स्काउट परिषदका सदस्यहरूलाई आफ्नाे मर्यादामा प्रतिवद्द हुने गरि सत्य निष्ठा र सधै पराेपकार गर्दै समाज र राष्ट्रका लागि काम गर्ने प्रेरणाका साथ सपथ ग्रहण गरेका छन । सपथ ग्रहण मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानले गराउनुभयो ।
कार्यक्रममा बाेल्दै मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङले स्काउटकाे संरक्षणमा आफू लाग्ने बताउनुभयो । नीति तथा कार्यक्रम निर्माण र बजेट विनियोजनमा सधै सकारात्मक तवरबाट लाग्ने तामाङले बताउनुभयाे ।त्यस्तै उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष प्रधानले अब
मेलम्ची नगरपालिकामा स्काउटका गतिविधिहरूलाई प्रभावकारी बनाउदै अगाडि बढाउने बताउनुभयो ।बालबालिकाहरूमा मित्रवत व्यबहार गर्न,बिन्रम,दयालु ,अनुशासित,आज्ञाकारी सहयाेगी र विपदकाे समयमा आफू पनि वच्न र अरूलाई पनि बचाउन स्काउटले अतुलनिय भुमिका खेल्ने हुदा स्थानीय निकायमा स्काउटकाे महत्त्व रहेकाे बताउदै यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो । यसलाई प्रभावकारि बनाउन आ -आफ्नो तहबाट लाग्न सबैलाई अनुराेध समेत गर्नुभयो ।
बैठकबाट पाेसाक व्यबस्थापन ,स्काउट कार्यालय अस्थायी रूपमा व्यबस्थापन,स्काउट स्थापना दिवस मनाउने,पेट्रोल लिडर तथा सहायक लिडर तालिम सञ्चालन गर्ने,विपद् व्यबस्थापन तालिम सञ्चालन लगायतका विषयमा निर्णय भएकाे कुरा स्थानीय स्काउट प्रमुख आयुक्त सुनिलकुमार भण्डारीले बताउनुभयाे ।