मेलम्ची । मानव वेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाका नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको हो ।
उनले वि.सं २०३९ बैशाखमा जिल्लाबाट २ जना युवतीहरुलाई भा.रु. ४० हजार रुपैयाँमा बेचेका थिए ।

हाल वर्ष ६९ का सिलवालले तल्कालीन समयमा युवतीलाई ललाई फकाई गरि गाउँमा दुःख गर्न नपर्ने प्रलोभनमा पारी राम्रो काममा लगाई दिने बाहानामा भारतको कलकत्ता र बम्बई शहरमा पुर्याएका थिए ।

मानव वेचविखन तथा ओसार पसार मुद्दाका प्रतिवादी सिलवाललाई आइताबार पक्राउ गरीएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमल्सेनाले जानकारी दिनुभयो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक तिमल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय