सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बलेफी गाउँपालिका वडा नम्बर ४ मा साधुराम नेपालको उम्मेदवारी परेको छ । १२ गते निर्वाचन कार्यलय बलेफीमा नेपालको वडाध्यक्षमा उम्मेदवारी परेको हो ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नेपाल लामो समयदेखि नेकपा एमालेमा सक्रिय छन । विद्यार्थी राजनीतिबाट उदाएका नेपालको यो पटक वडाध्यक्षमा उम्मेदवारी परेको हो ।

उनी नेकपा एमाले विकासवदि पार्टी रहेको बताउँछन् । नेकपा एमाले मात्र विकासको पक्षमा रहेको नेपालको दाबी छ । ‘नेकपा एमाले यस्तो पार्टी हो जुन विकासको पक्षमा समृद्धिको पक्षमा,सर्वहारा जनताको पक्षमा,सुशासनको पक्षमा अडिग पार्टी हो । बलेफि ४ का जनताले नेकपा एमालेको महसुस गरिरहेका छन’,उनले भने । उनी अघिल्लो निर्वाचनमा बलेफी ४ मा नेकपा एमालेको हारले जनता धेरै नै पछुताउनु परेको बताउँछन् । ‘अघिल्लो निर्वाचनमा बलेफी ४ मा नेकपा एमालेको हारले जनता धेरै नै पछुताउनु परेको छ । अब यो पछुतोलाई हामी हटाउछौ । अब सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु’,उनले भने । उनी बलेफीमा धेरै नै विकास निर्माणका काम अधुरा रहेको बताउँछन् । उनी बलेफी ४ का जनताले समृद्धि चाहेको बताउँछन् । ‘बलेफी ४ का जनताले समृद्धि चाहेका छन् । मेरो उम्मेदवारी ५ वर्ष ब्यतित गर्नका लागि हैन । मेरो ५ वर्ष बलेफी ४ का जनताको मुहारमा खुशी ल्याउनका लागि हो’,उनले भने ।

युवा नेता नेपाल आफ्नो उम्मेदवारी वडा वासिको निशुल्क स्वास्थ्यका लागि रहेको बताउँछन् । उनी आफुले जितेको खण्डमा केन्द्र प्रदेश जहाँबाट भएपनी निशुल्क शिक्षा निशुल्क स्वास्थ्य गराईछाड्ने प्रतिबद्धता ब्यत्त गर्दछन । ‘ मेरो उम्मेदवारी त्यसका लागि हो । मेरो वडा बासिको निशुल्क शिक्षाका लागि हो । मेरो उम्मेदवारी त्यसका लागि हो वडा बासिको निशुल्क स्वास्थ्यका लागि हो ‘, उनले भने ।

चुनाव नजिकिँएसंगै बलेफी ४ मा घरदैलो कार्यक्रम सुरु भैसकेको छ । दलका नेताहरु चुनावी प्रचार प्रसारमा घरदैलो धाईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय