सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बासिन्दालाई दुख र पीडामा सहयोग गर्दै आएको सिन्धु कल्याणकारी समाज अमेरिकाको अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले हाल अमेरिकामा रहेका भोटेकोशी गाउँपालिका चारका सूर्य खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । सन् २०१० मा स्थापना भएको यो संस्थाको १७ जनाको कार्यसमिति रहने छ । जसमा १२ जना निर्वाचित अरु मनोनित हुनेछन् । संस्थाले हाल नेपालमा रहेका सिन्धुपाल्चोकका १४ जान अतिबिपन्न बालबालिकालाई पढाईरहेको अध्यक्ष खड्काले बताए ।

कोभिडका कारण बिभिन्न स्थानमा बच्चाहरु पढाउनु परेको छ । अव ती बच्चालाई एकै ठाउँमा पढाउने योजना रहेको छ । संस्थाले सिन्धुपाल्चोकका बिभिन्न बिद्यालयहरुमा सहयोग गर्ने कार्यक्रम रहेको छ । दुर्गमका बिद्यालयहरुमा शिक्षा कार्यलयसँग समन्वय गरेर नयाँ कार्यक्रम बनाउने योजना रहेको अध्यक्ष खड्काले बताए ।

संस्थाले बाढिपीडित भुकम्पजस्ता बिपत्मा परेकाहरुलाई सहयोग गर्दै आएको छ । बिशेष गरेर सिन्धुपाल्चोक जिल्लामा केन्द्रीत भएर सेवाका काम गरिएको छ । नयाँ समितिमा अध्यक्ष सूर्य खड्का, प्रथम उपाध्यक्ष सुनिता तामाङ्ग,द्धितीय उपाध्यक्ष सोनाम लामा,महासचिव रजिना लामा, सचिव बर्णबहादुर श्रेष्ठ,सहसचिव समिप थापा र कोषाध्यक्ष चेङ्गा शेर्पा चयन भएका छन् । सदस्यहरुमा बिष्णु श्रेष्ठ,पासङ्ग शेर्पा र काजी शेर्पा चयन भएका छन् ।

यसैहप्ता समितिको बैठक बसेर कार्यसमितिको पूर्णता दिँदै आगामी कार्ययोजना निर्माण गरिने अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय