सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब १२ दिन बाँकी छ । योसँगै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । त्यस्तै नेकपा एमाले बलेफी गाउँपालिका वडा नम्बर ७ मा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेको छ । 

नेकपा एमालेको तर्फबाट बलेफी ७ मा वडाध्यक्षको उम्मेदवारी दिएका कार्केल लामा नेकपा एमालेले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइरहेको बताउँछन् । उनी आसन्न निर्वाचनमा नेकपा एमालेले बलेफी ७ मा विजयी हासिल गर्ने बताउँछन् । ‘हामीले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइरहेका छौँ । हामी घरदैलो कार्यक्रममा जाँदा दाजुभाइ दिदी बहिनीहरूले एमालेलाई जुन माया दिनुभएको छ । यो नै हाम्रो विजयीको यात्रा हो’,उनले भने । उनी बलेफी ७ मा विकास योजनाका काम थुप्रै बाँकी रहेको बताउँछन् । बलेफीमा विकास गर्ने पार्टी भनेको एमाले मात्र रहेको लामाको दाबी छ । ‘हाम्रो बलेफी ७ मा पूर्वाधार सिँचाई खानेपानी लगायत थुप्रै कामहरू बाँकी छन् । यसलाई पूर्णता र दिगो विकास गर्ने भनेको नेकपा एमाले मात्र हो । बलेफीमा नेकपा एमाले बाहेक अन्य कुनै दलले विकास योजनाका काम अघि बढाउन सक्दैन’,उनले भने । 

लामो समयदेखि नेकपा एमालेबाट सक्रिय राजनीतिमा होमिएका लामा यस पटक वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । उनी नेकपा एमाले नै सर्वहारा दुखी जनताको घाउमा मलम पट्टि लगाउने पार्टी रहेको बताउँछन् । ‘नेकपा एमाले यस्तो पार्टी हो जुन पार्टी सर्वहारा,दुखी,असहाय,बृद्धबृद्धा युवा हरेकको जनभावना बुझ्ने पार्टी हो । यहाँ कसैलाई वैरभाव गरिँदैन यो त जनताको मन मुटुमा बसेको पार्टी हो’,उनले भने । उनी बलेफीमा नेकपा एमालेले विकासको मूल फुटाएको बताउँछन् । थालनी गरेको योजनाको वितरण मात्र बाँकी रहेको लामाको दाबी छ । ‘बलेफीमा नेकपा एमालेले विकासको मूल फटाएको छ । अब त्यो मूललाई सही वितरण गर्न बाँकी छ । त्यसका लागि बलेफी ७ मा नेकपा एमालेको आवश्यकता रहेको छ’,उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय