सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको धार्मिक पर्यटकीय स्थल पाँचपोखरीमा महाशिवरात्री उत्सव हुने भएको छ । नेपालको आध्यात्मिक पर्यटन बिकासको लागी महाशिवरात्री २०८० को अवसरमा एकहप्ते कुन्डलिनी, हठयोग तथा साधना शिविर हुन लागेको हो ।

यही फागुन २१ देखि २७ गते सम्म पाँचपोखरीमा भब्य एवं दिब्यताका साथ उत्सव सम्पन्न हुने आयोजकले जनाएको छ । एक हप्ता सम्म चल्ने उक्त कार्यक्रममा शिवपुजन तथा हवन, शिवमहिमा तथा शिव धुनी, सत्सङ्ग भजन किर्तन नृत्य, दैनिक ध्यान योग अभ्यास, दर्शन हाइकिङ्ग तथा अन्य आध्यात्मिक गतिविधिहरु हुने बताइएको छ ।

उल्लेखित कार्यक्रमहरु निशुल्क हुने जानकारी गराउँदै सहभागी हुन इच्छुक महानुभावहरुले यथासिघ्र सम्पर्क गरि समयमै आफ्नो स्थान सुरक्षीत गर्न पनि आयोजकले अनुरोध गरेको छ । यहि फागुन २१ गते कार्यक्रमका लागी काठमाठौँको सोह्रखुट्टेबाट प्रस्थात गरिने भएकोले इच्छुक महानुभावहरुले मोबाइल नम्बर ९८४९००८२२३ मा समयमै सम्पर्क गर्न आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय