मेलम्ची / सहकारी सँस्थाका ब्यबस्थापक तथा कर्मचारीहरुको लागि सहकारी तथा गरिबी सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली ९ ऋइएइःक्ष्क्० सन्चालन र प्रयोग सम्बन्धि ३ दिने तालिम तथा प्रशिक्षण सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्चीमा अयोजित कार्यक्रमको समापन गर्नुहुँदै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ३ दिनको तालिम उपलब्धिमुलक भएको बिश्वास ब्यक्त गर्नुभयो ।

प्रधानले धेरै जसोले समाजिक संजालमा आएका गलत सुचनाका कारण समस्या भएको भन्दै उहाँले सत्य तथ्य सुचना के हो त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।उहाँले ३ दिन सम्म आफुले सिकेका ज्ञान आफ्नो सहकारिमा भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सहकारिलाई आवश्यक सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । तालिममा सहकारिका पदाधिकारी ब्यबस्थापक र कर्मचारी सहित ३२ जनाको सहभागिता रहेको मेलम्ची नगरपालिकाका सहकारी शाखाका प्रमुख अनिल सिग्देलले जानकारी दिनुभयो ।

तालिम तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण सहकारी अनुसन्धान तथा प्रशिकेन्द्रका सहकारी प्रशिक्षक नवीन मैनालीले गर्नुभएको थियो । तालिममा विशेष रुपमा कोपोमिससँग सम्बन्धि सफ्टयोर बारे प्रशिक्षण गराइएको मेलम्ची नगरपालिकाका सहकारी शाखाका कर्मचारी अस्मिता अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय