मेलम्ची नगरपालिका वडा न (७ दुवाचौरको आयोजना ३ दिने साबुन तथा सरफ बनाउने तालिम आजबाट सुरु भएको छ । आर्थिक बर्ष २०८०(८१ को वडाको विनियोजित बजेट बाट लक्षित वर्ग विशेष गरि एकल महिला,दलित,भिन्न क्षमता भएका महिलाहरू लगायत गरि ४५ जना सहभागी रहेका छ्न ।

लक्षित वर्गका महिलाहरूलाई केही मात्रामा भए पनि जिविकोपार्जनसंग जोड्नको लागि यो तालिम सञ्चालन गरिएको वडा सचिव विष्णु गौतमले जानकारी दिनुभयो । वडा अध्यक्ष पासाङ तामाङले तालिम मात्र लिएर बस्ने प्रवृत्तिको अन्त्य गर्दै सीप सिकेर त्यस्लाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेलम्ची (७ का वडा सदस्य तथा न्यायिक समिति सदस्य श्रीकृष्ण श्रेष्ठले यस किसिमको तालिम पटकपटक गरिरहन नसकिने हुँदा यो ३ दिनको तालिममा ध्यान दिएर सिकेर यसको भरपुर सदुपयोग गर्नको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , दुवाचौर सामुदायिक सहकारीका अध्यक्ष अर्जुन गिरी ,जुलग हिमाल इङलिस स्कुलका सन्चालक धर्मराज गिरी, समाजसेवी धन बहादुर तामाङ,मारलामा तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण सावित्री श्रेष्ठ र डोल्मा तामाङले गर्नुहुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय