देवराज सुवेदी , सिन्धुपाल्चोक । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गरिएको छ । हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा यु –३२का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पुराहुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस पाकिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागि परेको बताउनुभयो ।
हेल्पका अध्यक्ष जिमि लामाले भगिनि सम्बन्ध कायम भएकोमा बधाई ज्ञापन गर्दै अब भबिस्यमा विधार्थी र शिक्षक बिच सिकाइ साटासाट हुने बताउनुभयो । अन्य दिन पनि स्कुल लाई हितको लागि लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
दुई विद्यालयका शिक्षक र विद्यार्थी बिच विभिन्न माध्यमबाट सिकाई आदानप्रदान गर्न र एक अर्कालाई सिकाई प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरु पुरा गर्न एक अर्कालाई सहयोग पुर्याउने उदेश्य सहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताउनुभयो ।
भगिनी सम्बन्धबाट शिक्षकहरुलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने , अन्तर्राष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पुर्व व्यस्थापन समितिका शंकर लामा लगायतले यु —३२ विद्यालयप्रति आभार प्रकट गर्नुभयो ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि ४ वटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । बागमती प्रदेशभित्रको थाङपाल भ्याली माध्यमिक विद्यालय दोस्रो ठुलो विद्यालय हो ।
पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो ।
विद्यालयमा हाल ८२१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्यहरू छन ।
यु –३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्यन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब ७२५ जना विद्यार्थीहरु अध्यनरत छन् । यु –३२े समाबेशी सिकाई बातावरण ,सामुदायिक सहयोग ,विधार्थीको नेतृत्व ,रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्य भन्दा पृथक रहेको प्रिन्सिपल स्टीवन डेलिंगर–पेटले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय