सिन्धुपाल्चोक । नेपाली काँग्रेसले भोटेकोसी गाउँपालिका लागि अध्यक्षको उम्मेदवार बनाएका व्यक्ति अवैध धन्दामा लाग्ने गरेको खुलासा भएको छ ।

नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ निकासी गर्ने आरोप लागेका पासाङनुर्पू शेर्पा ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति हुन् । रहस्यमय ढङ्गले आर्थिक उपार्जन गरेका उनलाई २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएको आरोप छ । सोही अभियोगमा उनी पक्राउ परेका थिए ।

२०७५ कात्तिकमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका ५ का लामाविरुद्ध काठमाडौँको बौद्धमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । भारततर्फ भाग्दै गर्दा विमानस्थल प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो । सो बेला आर्थिक चलखेलका आधारमा थुनामुक्त भएका थिए । बौद्ध प्रहरी कार्यालयका तत्कालीन डिएसपी नरेन्द्र चन्दले शेर्पाको अपराधमा संलग्नता भएको जिकिर गरेका थिए । नेपाली काँग्रेसका नेताको भनसुनमा प्रहरी थुना बाट मुक्त भएका उनी त्यही बेलादेखि काँग्रेसका सम्पर्कमा आएको उनका नजिकका साथीहरू बताउँछन् ।

उनले अबैधरुपमा आर्जन गरेको सम्पत्तिले काँग्रेस सभापति शेरबहादुर देउवादेखि काँग्रेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेतसम्मलाई प्रभावमा पारेर टिकट हात पारेको भोटेकोसीका काँग्रेसी नै बताउँछन् । उनले टिकट पाउनासाथ धेरै काँग्रेस कार्यकर्ताले पार्टी छोडेका छन् । फरार अवस्थामा रहेका शेर्पाका अन्य सहयोगीहरू सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक व्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरूले नेपालमा अवैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।

सुरुमा बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका लामाको टोलीले गोरुको मासु,बाँदरको गिदी,गैँडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरूले काठमाडौँको नख्खु नजिक चाइना लङ फुड नामको कम्पनी सञ्चालन गरेर अवैध काम गरेको उनीहरूका निकटहरू बताउँछन् । यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरूको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । त्यसो त चीन विरोधी विवादास्पद धर्म गुरुको आडमा पनि लामाले अवैध काम गर्ने गरेका बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय