![](http://subhatime.com/wp-content/uploads/2024/02/Messenger_creation_05027835-e635-42d4-825b-9fc16e40ce63.jpeg)
मेलम्ची । तत्कालीन पर्यटन मन्त्री एवम अनेरास्ववियुका पुर्व अध्यक्ष स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा सिन्धुपाल्चोकको खाडीचौरमा मङ्गलवार साँझ दीप प्रज्वलन गरिएको छ । अधिकारीको छैटौँ स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) बलेफी गाउँपालिका कमिटी र सुनकोशी पालिका कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको हो।
अनेरास्ववियु बलेफी र सुनकोशीले अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको सम्झनामा खाडीचौर बजार चोकमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु सिन्धुपाल्चो आयोजक कमिटिका सह- सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो । दीप प्रज्वलनसँगै अधिकारीले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको स्मरण र चर्चा गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदार, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डुबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीबिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन जेलखाना हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण विद्यार्थी आन्दोलनमा स्वर्गीय रवीन्द्र अधिकारीको नाम नमेटिने गरी लेखिएको छ ।
![](https://subhatime.com/wp-content/uploads/2024/02/Messenger_creation_96bb3b48-739b-4cba-8ee8-99e241873d8c.jpeg)
बि.सं. २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी निधन भएको थियो ।