मेलम्ची । चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रर्दशनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकिकरणको नाममा प्रकृतिलाई कुरुपता तिर धकेलिँदै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावतीको नदि दोहन,सडक लगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशि पुजाको अवसरमा एकल चित्रकला प्रर्दशनी गर्नुभएको हो ।
उहाँले नेपाल प्राकृतिक सुन्दर अनुपम नमुना मुलुक रहेको भन्दै हामी सबै प्राणिहरु प्रकृतिका अभिन्न अंग रहेको र प्रकृति बिना हाम्रो अस्तित्व सम्भव नभएको चित्र मार्फत प्रस्तुत गर्नुभएको छ । “प्रकृतिलाई केहिकसै गरी श्रृंगार गर्न पर्दैन, यो आफैमा सुन्दर छ । हामीले सजाउने र बनाउने बाहनामा विनास निम्ताई रहेका छौं । आधुनिकीकरणको नाममा हामि कुरुपता तिर धकेल्दै छौ”श्रेष्ठले भन्नुभयो । इन्द्रावतीको सुन्दरता स्वच्छ र स्वतन्त्र भएर बगेको परिदृश्य अझै पनि आफ्नो मस्तिष्कमा स्पष्ट रहिरहेको भन्दै उहाँले बाल्यकालको हरेक मधुर आवज सँग रम्ने गरेको स्मरण गर्नुभयो ।
आजको दिनमा इन्द्रावती नदि र किनारहरुमा उनको भइरहेको दुर्दशा देख्दा आत्महिनता बोध गराउने श्रेष्ठले भन्नुभयो । विकासको निमित्त इन्द्रावतीको छातिमा मानवनिर्मित ठुला डोजरहरु सलबलाइ रहेको देख्दा त्यो बाल्यकाल सङ्ग जोडिएको इन्द्रावती को सम्झना दिलाउने उहाँले बताउनुभयो । मृग, चराचुरुडीहरु र माछाहरु नाचिरहने ठाँउमा आज डोजर र गाडी गुडि रहँदा आफ्नै शरीर माथी दौडिरहेको जस्तो भान हुने भन्दै श्रेष्ठले एक कलाकारको नाताले लुकेर रहेको पिडाहरु आफ्नु क्यान्भासमा रङहरुको मध्यमबाट दर्शाउने प्रयास गरेको बताउनुभयो ।


चित्रको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,वडा अध्यक्षहरु,लगायत स्थानियले अवलोकन गर्नुभयो । अवलोकन पछि नगर प्रमुख तामाङले यहाँको विगतको सुन्दरतालाई झल्काउँदै तयार पारिएको चित्रले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले आगामी दिनमा यहाँको प्रकृतिलाई जोगाउँदै कसरी अगाडि बढ्ने र कसरि ब्यबस्थापन गर्दै अगाडि बढ्ने भन्ने कुरामा आफु लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय