यस अघि काँग्रेस बाट जितेका सदस्य नै माओवादीमा प्रवेश गरेको भोटेकोसी गाउँपालिकामा पुराना काँग्रेस कार्यकर्ताले पनि पार्टी छोड्न थालेका छन् ।

भोटेकोसीमा नेपाली काँग्रेसले गरेको एकाधिकार निर्णयविरुद्ध विद्रोह गर्ने क्रम बढेको हो । काँग्रेससँग लामो आस्था भएका व्यक्तिहरू पनि काँग्रेस छोडेर धमाधम माओवादी केन्द्र प्रवेश गर्न थालेका छन् । आजै मात्र चाकु माइलाको नामले चिनिने कर्णबहादुर श्रेष्ठले लामो समयसम्म आस्था राखेको काँग्रेस छोडेर माओवादी केन्द्र रोज्नु भएको छ ।

अघिल्लो पटक जितेर कसैलाई लाखापाखा नगरी विकासको काम गरेको भन्दै राजकुमार पौडेललाई फेरि जिताउन उहाँ माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । त्यस्तै काँग्रेसकै सक्रिय व्यक्ति तिमराङ्ग माइला भनेर चिनिने शमशेर लामा र सुन्दर शेर्पाले पनि काँग्रेस परित्याग गर्नुभएको छ ।

उहाँहरूलाई भोटेकोसी गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजकुमार पौडेलले पार्टीमा स्वागत गर्नुभएको छ । यस अघि काँग्रेस बाटै सदस्य जितेका व्यक्ति लगायत सयौँले माओवादी केन्द्र रोज्नु भएको थियो । उहाँहरूले एकै स्वरमा भोटकोशीमा राजकुमार पौडेलको विकल्प नभएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय