Site icon Subhatime

अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं । अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएको छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयोजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टोलिले आक्रमण गरेर घाइते बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अनेरास्ववयुबाट जारी विज्ञप्तिमा भनिएको छ ’आक्रमणको अनेरास्ववियु घोर निन्दा र भर्त्सना गर्दछ’ ’तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए अनेरास्ववियु प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।

विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेको उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिरहेको संगठनलाई र प्रहरी प्रशासनलाई राज्यको आडमा गुण्डागर्दी संरक्षण नगर्न समेत अनेरास्ववियुले आग्रह गरेको छ ।

घाइते जोशीलाई टाउकोमा गम्भिर चोट लागेको प्रवत्ता पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार थप उपचारका लागि जोशीलाई बाँसबारी स्थित न्यूरो हस्पिटल पु¥याइएको छ ।

विज्ञप्तिः

Exit mobile version