Site icon Subhatime

मेलम्चीमा बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम

मेलम्ची । बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । सिन्धु विकास बैंकद्वारा आयोजित कार्यक्रममा करिब १०० छात्रछात्रा सहभागी रहेका बैंकका मेलम्ची शाखाका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो ।बैंकको सामाजिक उतरदायित्व अन्तर्गत यस्ता कार्यक्रम बैंकले संचालन गर्ने गरेको उहाँले बताउनुभयो ।कार्यक्रममा बैंकका नायव महाप्रबन्धक प्रमोद न्यौपानेले ऋण, बचत , लगानी लगायत बिषयमा जानकारी गराउनुभयो । कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मदत गर्ने विश्वास बैंकले लिएको छ । साथै किशोररकिशोरी तथा युवारयुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको दुलालले जानकारी दिनुभयो ।त्यस्तै डिजिटल बैकिङ्ग बारे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसीले जानकारी गराउनुभएको थियो । समाजका हरेक व्यक्ति वित्तीय रुपमा सचेत भएमा मात्र देश समृद्ध हुने बताउँदै इन्द्रेश्वरी माबिका प्रधानाध्यापक देवी श्रेष्ठले आयोजक सिन्धु विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।साथै वित्तिय साक्षरता सम्बन्धि हाजिरि जबाफका बिजेता लाई पुरस्कार तथा स्टेश्नरी सामग्री समेत वितरण गरिएको थियो ।

बैंकले जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको थियो । कम्पनीले भूकम्प पीडितको साहेताका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।

बैंकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने उदेश्यले आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।विगतमा पनि बैंकले विभिन्न किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेको छ ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंक हो । यसले आफ्नो ५ वटा कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सीमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरीरहेको छ । उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Exit mobile version