नेकपा एमाले हेलम्बुले चुनावी अभियानलाई तिव्रता दिएको छ ।
चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा हेलम्बु गाउँपालिका वाड नः५ बाट नेपाली काङ्ग्रेस र माओवादी परित्याग गरि नेकपा एमालेमा दर्जनौं नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

नेकपा एमाले बाट हेलम्बु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दावा लामा ह्योल्मो र उपाध्यक्षको उम्मेदवार गङ्गा अर्यालले चुनावी अभियानलाई तिव्रता दिनुभएको हो ।

हेलम्बु पालिका- ७ कुटुङसाङ् ,बोलुङ्से र सुर्सिङ् गाउँका काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरि आज पुरै गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले हेलम्बु निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय