मेलम्ची । मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैया खर्च गरेको छ ।
नगरले छ महिनाको अवधीमा चालु खर्च २७ करोड दुई लाख ५९ हजार आठ सय र पूँजीगत तर्फ १७ करोड ६८ लाख दुई हजार छ सय रुपैया खर्च भएको नगरसभाको १५ औं हिउँदे अधिवेशनमा नगर प्रमुख आइतमान तामाङले प्रगति प्रतिवेदनमा उल्लेख गर्नु भएको हो । नगरले यो अवधिमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, नगरको आन्तरिक आम्दानी समेत गरी ५३ करोड ८७ लाख ४५ हजार तीन सय रुपैया आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख तामाङले प्रश्तुत गरेको प्रतिवेदन अनुसार गत माघ मशान्तसम्म नगरले २१ करोड २० लाख १३ हजार रुपैया आन्तरिक आम्दानी गरेको छ । नगरले ६५ करोड आन्तरिक राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।


नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न सुरु गरेको पशु बिमा कार्यक्रममा ५० प्रतिशत अनुदान बापत दुई लाख ५० हजार रुपैया वितरण गरेको जनाएको छ । पशु पालक किसानलाई राहत प्रदान गर्न सुरु गरिएको सुत्केरी पशु प्रोत्साहन कार्यक्रम मार्फत किसानहरुलाई १४ लाख २३ हजार रुपैया प्रदान गरिएको प्रमुख तामाङले बताउनु भयो । बैकिगं प्रणाली मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता रकम चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि विधुतीय भुक्तानी प्रणालीको माध्यमबाट वितरणको व्यवस्था मिलाएको छ ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा ५३ दशमलव ८४ अंक प्राप्त गरेर देसमै चौथो स्थान हासिल गरेकोमा जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिंदै नगरप्रमुख तामाङले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने गरी लाग्न आग्रह गर्नुभएको थियो ।
सभाले उपप्रमुख उमा प्रधानले पेश गरेको नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक तथा विनियोजन ऐन २०८० को संशोधन विधेयक र आर्थिक वर्ष २०८०÷८१ को संशोधित बजेट पारित गरेको थियो । सभामा पेश भएको विभिन्न ११ प्रस्तावहरु सभाले सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय