काठमाडौं । भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरूको हत्यामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु सर्लाहिले अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य समिम बाबु पठानको प्रमुख आतिथ्यता सर्लाही सदरमुकाममा हत्यारा सरकारको नायके प्रचण्ड सामु हत्यारा मन्त्री ज्वालाको राजीनामा माग पत्र पुगोस भनी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही मार्फत अनेनरास्ववियुले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाए पश्चात् मलङवा नगरपालिका चोकमा कोण शभा सहित मन्त्री ज्वालाको पुत्ला दहन गरिएको अनेरास्ववियु सर्लाही जिल्लाका कार्य बाहक अध्यक्ष आशिल बाबू दाहाले जानकारी दिनुभयो । कोण शभा तथा पुत्ला दहन कार्यक्रममा नालायकसरकारराजिनामादे गोलिहान्दैमान्छेकोमुल्यतोक्नपाइदैन प्रकाशज्वालाराजिनामा_दे लगाएतका नारा लगाइएको थियो ।
कार्यबाहक अध्यक्ष दाहालले कार्यक्रममा उपस्थिति रहनुहुने सम्पुर्ण अनेरास्ववियुका र युवा संघ नेपालका नेता तथा कार्यकर्ता हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण बालकुमारीमा प्रहरीको गोलीबाट युवाहरू मारिएकाले घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्री समक्ष अनेरास्ववियुले माग गरेको छ ।

गत पुस १३ मा बालकुमारी ललितपुरमा भाषा परीक्षामा सहभागी हुन नपाएपछि युवाले गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको थियो । युवाले आन्दोलन गरिरहेको बेला आन्दोलन स्थलमा सरकारी गाडी लिएर मन्त्री ज्वाला पुगेर भिडलाई भड्काउने काम गरेपछि प्रहरीले गोली चलाएको थियो भने युवाले मन्त्री चढेको गाडी जलाइदिएका थिए । ‘उक्त घटनाको सत्य तथ्य छानबिन गर्न, घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई अनेरास्ववियुले चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय