काठमाडौँ । लुम्बिनी एकेडेमीक कलेजले “मेरो आँगन, मेरो जिम्मेवारी ” लुम्बिनी एकेडेमी टोल सरसफाई अभियान अन्तरगत बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी एकेडेमीक कलेजले काठमाडौँ महानगरपालिका वडा ७ क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरात्तात्विक तथा सार्वजनिक स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमको शुरूवात लुम्बिनी एकेडेमीक विद्यालयका अध्यक्ष लोकेश ढकाल एवं कामपा ७ का वडाअध्यक्ष विकल कुमार होडाले गमलामा पानि हालेर शुभारम्भ गर्नु भएको थियो ।

हरेक १५-१५ दिनमा उक्त अभियान अन्तर्गत सम्पदा क्षेत्रहरूको सरसफाई तथा पुरातात्त्विक स्थालहरूमा सरसफाइ गर्ने लुम्बिनी एकेडेमीक फाउण्डेसनका प्रबन्ध निर्देशक रबिन चन्द्र कोइरालाले जानकारी दिनुभयो ।

उहाँले सम्पदा क्षेत्रको सरसफाइ तथा विद्यार्थीहरूमा जनचेतना जगाउन उक्त अभियान सञ्चालन गरिएको कोइरालाले बताउनुभयो ।

लुम्बिनी एकेडेमीक कलेजले सामाजिक सांस्कृतिक तथा परम्परागत शिक्षालाई अगाडि बढाउदै गुणस्तरीय शिक्षा हासिल गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय