मेलम्ची । जुगल बचत तथा ऋण सहकारी संस्थाको वनभोज कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित पर्यटकिय स्थल गुफाँडाडामा सम्पन्न भएको छ ।
सहकारीलाई थप चलयामान बनाइ राख्न र शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्नका लागी वनभोज कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष निरन श्रेष्ठले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर ११मा कार्यालय रहेको सहकारीले बजारका ब्यापारी तथा ब्यबशायीहरुलाई मनोरञ्जन प्रदान गर्ने र सहकारीमा आवद्ध हुन चाहाने ब्यक्तिहरुलाई समेत एकताबद्ध बनाउँदै अगाडी बढ्ने उद्धेश्य रहेको श्रेष्ठले बताउनुभयो । व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरुको सामाजिक, आर्थिक र व्यवसायीक उन्नतीमा संस्था सँधै लागिरहने श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।


ब्यापारी तथा व्यवसायीहरुको बीचमा एक आपसमा सहयोग, सद्भाव कायम रहोस् र व्यवसाय संचालन गर्न सहकारीको माध्यमबाट सहज होस् भन्ने उद्धेश्यले अहिले सहकारी सक्रिय रहेको सहकारीका संस्थापक जनकलाल श्रेष्ठले बताउनुभयो । बनभोज कार्यक्रमले सहकारीका सदस्य–सदस्य बीच जमघट हुने र सद्भाव कायम गर्ने अवसर सहकारीले जनाएको छ । सदस्यहरुलाई परेको समस्यालाई समाधान गर्न सहकारी कृयाशिल रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय