मेलम्ची । सडक दुर्घटनामा मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले सुरु गरेको आर्थिक संकलन अभियान बाट जम्मा भएको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।
‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डेकी नाबालिग छोरी नेहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । विभिन्न समुह एवम् ब्यक्तिहरुबाट संकलित पाँच लाख पन्ध्र हजार रुपैयाँ नाबालिका नेहारिकाकि आमा र हजुरआमा ( स्व .नबिनकि आमा) को संयुक्त संरक्षकत्व रहने गरि नेहारिकाको शैक्षिक उन्नयनमा खर्च गर्नको लागी रकम हस्तान्तरण गरिएको नेकपा एमालेका नेता अनुशासन आयोगका केन्द्रिय सदस्य डम्बर अर्यालले जानकारी दिनुभयो । अर्यालले पाण्डेको परिवारलाई सहयोग रकम संकलनमा सहयोग गर्नुहुने सम्पुर्णमा आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले परिवारको संरक्षणका लागी र आगामी दिनमा समेत सहयोग गर्ने कुरामा पार्टि सधैं साथमा रहेको प्रतिबद्धता जनाउनुभयो । स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक स्थिती उकास्नका लागी सुरु गरिएको अभियानमा विभिन्न ब्यक्ति तथा संघ संस्थाहरु बाट सहयोग प्राप्त भएको नेकपा एमाले मेलम्ची नगर कमिटिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । गत भदौं ३० गते चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ नवीन पाण्डेको मृत्यु भएको हो । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको थियो ।हस्तान्तरण कार्यक्रममा नगर कमिटि अध्यक्ष विजयकृष्ण श्रेष्ठ,सचिव शालिकराम अधिकारी,नेकपा एमाले जिल्ला कमिटि सदस्य हिरा चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय