सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनमा अराजक गतिविधि गर्नेलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले चिरफार गर्ने भएको छ । चुनावमा जनतालाई धम्क्याउने,थर्काउनेहरूका लागि राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले चिरफार गर्ने राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सुर्य खड्काले बताउनुभयो । 

एक कार्यक्रममा बोल्दै उहाँले अराजक गतिविधि गर्नेलाई राष्ट्रिय युवा सङ्घले न छोड्ने बताउनुभयो । ‘चुनावमा कुनै पनि दलले अराजक गतिविधि गर्छ भने त्यस्तालाई युवा सङ्घले कुनै पनि हालतमा छाड्दैन । युवा सङ्घ सधैँ निष्पक्ष र सन्तुलित निर्वाचन चाहन्छ । त्यसैले चुनावमा कसैले धाँधली गर्न खोज्छ भने त्यस्ता ब्यत्तिलाई कदापि छाडिन्न’,उहाँले भन्नुभयो । उहाँ राष्ट्रिय युवा सङ्घ देश र जनताको लागि रहेको बताउनुहुन्छ । राष्ट्रिय युवा सङ्घ सधैँ विकास र समृद्धिका लागि तत्पर रहेको उहाँको भनाई छ । ‘राष्ट्रिय युवा सङ्घ देश र जनताको लागिको विकास र समृद्धिको लागि हो । सुशासन र दक्ष युवा जनशक्तिको आधार हो’,उहाँले भन्नुभयो । 

युवा सङ्घ र नेकपा एमालेले गरेका राम्रा कामहरू बताउँदै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई भोट हालेर जिताउन आग्रह गर्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको विषयमा नेकपा एमाले सधैँ उँचो भएर हिँड्ने गरेको बताउनुभयो । केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा छापेको स्मरण गर्दै नेता उहाँले केपी ओली जत्तिको राष्ट्र र राष्ट्रियताको विषयमा अरू कुनै नेता बोल्न नसक्ने दाबी गर्नुभयो । ‘जब राष्ट्र र राष्ट्रियताको सवालमा कुरा उठ्छ । जब देश र जनताको विषयमा कुरा उठ्छ । त्यति बेला केपी ओली शिर उँचो पारेर जवाफ फर्काउनुहुन्छ । तर,अरू नेता जब सर्वहाराको कुरा उठ्छ । जब राष्ट्रियताको कुरा उठ्छ तब डरले थरथर काँप्न थाल्छन्’,उहाँले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय