सिन्धुपाल्चोक । खोज तथा उद्धार सम्बन्धि एकदिने अभिमुखिकरण तालीम मेलम्चीमा सम्पन्न भएको छ । रीड नेपालको आयोजना,करुणा ट्रस्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिका संगको समन्वयमा भएको तालिममा मेलम्ची नगरपालिका वडा अध्यक्षहरु,७ वटा विद्यालयका इको क्लब शिक्षक,विद्यार्थी,सामुदायिक वनका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले रिड नेपालले विगत देखी विपद,आयआर्जन , महिला हरुलाई सिपसंग जोड्दै सशक्तिकरणका लागी गरेको ठुलो सहयोग गरेको भन्दै संस्थाको कामको प्रशंंसा गर्नुभयो । सिन्धुपाल्चोक विपद ग्रस्त जिल्ला भएकाले पनि यहाँ विपदसंग सम्बन्धी धेरै सचेतनताका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । विपद जतिबेला पनि पर्ने भएकाले पुर्वतयारीको लागी चनाको हुनपर्ने बताउनुभयो । उहाँले संस्थाले दिएको सामानको सहि सदुपयोग गर्न समेत सुझाउनुभयो । उहाँले आगामी दिनमा सधैं समन्वय र सहकार्यमा नगरपालिका सधैं साथमा रहेको बताउँदै रेडक्रस,स्काउट विद्यार्थी,समुदायको अगुवालाई प्रदान गरिने यस्ता तालिमले विपदका बेला सहज हुने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निरा शाक्यले सिकेका सिपलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले विपदका बेला कसरी कार्यगर्ने,कस्तो भूमिका निर्वाह गर्ने भन्ने बिषयमा तालीम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । संस्थाले गरेको सहयोगले प्रतिकार्यका अभ्यास र सामान्य विपदका बेला उद्धारमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा विपदका क्षेत्रमा काम गर्ने अन्य संघसंस्था हरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रम को सहजीकरण ससस्त्र प्रहरीका ( डिएसपी ) राजेश फुयाँलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय