सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे निर्माणको लागी शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,वडा नम्बर ७ का अध्यक्ष पासाङ दोङ,प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्र लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले संघ र नगरपालिका मिलेर सडक स्तर उन्नति र कालोपत्रेको लागी बजेट ब्यबस्था गरि अहिले काम सुरु भएको बताउनुभयो ।उहाँले बहुबर्षिय योजना भएकाले अहिले २ करोड रुपैयाँको काम हुने जानकारी दिनुभयो । उहाँले तालामाराङ भट्टार पुलका लागी प्रदेश र संघ लाई नगरसभा बाट सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले नगरलाई समृद्ध बनाउन अहिलेको जनप्रतिनिधिको दायित्व र जिम्मेवारी भएकाले शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन ,खानेपानी ,लगायतका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । निर्माणको जिम्मा पाएको श्री रुद्रादेवी बटुसफल जेभिले सडक कालोपत्रे,सोलिङ,ग्राभेल,नाला,वाल लगायतको काम २०८३ साल माघ सम्म सम्पन्न गर्नुपर्ने छ । तिन बर्से आयोजनाको ६ करोड ७८ लाख ५६ लाख रुपैयाँमा सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय