सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौ अधिबेशनको पहिलो बैठक गणपुरक संख्या नपुगेपछी बिहिबार स्थगित भएको छ । २०८० मंसिर १९ गतेको गाउँकार्यपालिकाको २८ औं बैठकबाट सर्बसम्मत निणर्यको आधारमा बिहिबारका लागि तय गरिएको अधिबेशन स्थगन गर्नुपरेको गाउँपालिकाका प्रवक्ता शसिनाथ आचार्यले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाद्धारा पारित गाउँसभा/नगरसभा सञ्चालन कार्यबिधि ऐन २०७५ अन्र्तगत दुई अबिधेशन बीचको अबधि ६ महिना भन्दा बढी हुन नसक्ने कानुनी व्यवस्था कारण बिहिबारका लागि सर्वसम्मत अधिवेशन तय गरिएको उहाँले बताउनुभयो ।


अबिधेशनको तयारीको क्रममा गत पौष १६ गतेको कार्यपालिकाको बैठकले पनि नीतिगत रुपमा अबिधेशनको तयारी गर्न र आवश्यक कानुनका मस्यौदाहरु ड्राफ्ट गर्न गाउँसभाका सदस्य सचिब एवंम प्रमुख प्रसासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई निर्देशित गरिएको र सर्बसम्मत निणर्यको आधारमा तय भएको अधिधेशन अन्तिम समयमा आएर बहुमत सदस्यहरु अनुपस्थित भएकाले स्थगन गर्नुपर्ने अबस्था आउनु विडम्बना भएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो ।

उहाँले लोकतान्त्रिक प्रणालीमा आफ्ना विषयवस्तुहरु, सहमति तथा असहमतिका विषयहरु प्रक्रियासम्मत रुपमा सभामा सहभागी भएरै पनि राख्न सकिने र गाउँपालिकाको नेतृत्वका तर्फबाट यसका लागि पटक पटक आग्रह अनुरोध गर्दागर्दै पनि सम्बादमा आउन नचाहेको विषयलाई पालिका नेतृत्वले गंम्भिर रुपमा लिएको बताउनुभयो । आपसि संवाद र औपचारिक फोरम भन्दा बाहिर गरिने छलफलले समस्याको निकास ननिस्कने भन्दै आपसी संवाद र सहकार्यका माध्यमबाट अघि बढ्न पालिका नेतृत्व अझै पनि प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

आफ्ना विषयवस्तुहरु खुल्ला खुलस्त रुपमा नेतृत्वसामु बसेर छलफल गरी पुर्ववत अवस्थामा सहमती, सहकार्य र सहअस्तित्वका माध्यमबाट अघि बढ्न सम्बद्ध सबै पक्षसंग अध्यक्ष नेपालले अनुरोध गर्नुभयो । दोस्रो गाउँ सभाको पाँचौ अधिबेशनमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट निर्वाचित सभाका सदस्यहरु अनुपस्थित रहेका थिए । अर्को अधिवेशन माघ ७ गते विहान ११ बजेका लागि आह्वान गरीएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय