सिन्धुपाल्चोक । समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम सम्पन्न भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको थियो । मेलम्ची नगरपालिका र सशस्त्र प्रहरी बल मेलम्ची संगको सहकार्यमा भएको तालीममा सहभागीहरुलाइ बिपद, बाढिमा परेका हरुलाई डोरि मार्फत कसरी उद्दार गर्न सकिन्छ,घाइतेहरुलाई हाम्रै घरमा भएका साधन बाट कसरी अस्पताल सम्म पुर्याउन सकिन्छ र आगो कसरी नियन्त्रणमा लिने र सुरक्षीत कसरी हुने भन्ने बिषयमा जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च सिडिइसिएफ का अध्यक्ष रामजी थापाले सिकेका कुराहरुलाई समाजमा लागु गर्न आग्रह गर्नुभयो ।३ दिन अगाडि तालीममा आउँदा र तालीम सक्केपछि भएका फाइदाका बारेमा जानकारी लिनुभयो । समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना नेपालमै पहिलो भएकाले समुदायले पाएको यो अवसरको उल्लेख्य सदुपयोग हुनेमा आफु आशावादी रहेको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक गोविन्द सापकोटाले विपद्का क्षेत्रमा संस्थाले विगत देखि गर्दै आएको कामका बारेमा जानकारी गराउदै आगामी दिनमा पनि निरंतरता दिने बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका मेजर मधुकुमार अधिकारी,सशस्त्र प्रहरीका नायब उपरीक्षक राजेश फुयाँल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापा, प्राक्टिकल एक्सनगा परियोजना अधिकृत मिनेश गुरुङ,पविना खड्का संस्थाका विपद फोकल पर्सन इच्छाराम सापकोटा लगायतको उपस्थिति रहेको थियो । तालिमको सशस्त्र प्रहरी बल मेलम्चीका नायब उपरीक्षक राजेश फुयाँलले सहजीकरण गर्नुभएको थियो भने श्रीकृष्ण कार्की र सन्जिव मगरले प्राविधिक सहजिकरण गर्नुभएको हो । समापन कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी श्याम लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय