सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनका लागि बलेफी गाउँपालिका वडा नम्बर १ बाट जगत् थापाले उम्मेदवारी दिएका छन् । १२ गते बलेफीको निर्वाचन कार्यालयमा गएर उनले बलेफी १ बाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि नेकपा एमालेमा राजनीति गरेका थापाले यस पटक नेकपा एमालेबाट अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनी आफ्नो उम्मेदवारी वडा र वडाका जनताको लागि भएको बताउँछन् । उनी आफू नेकपा एमालेको उम्मेदवार बन्न भएकोमा गर्व गर्छन् । ‘मेरो उम्मेदवारी वडा र वडाका जनताका लागि हो । मेरो उम्मेदवारी विकास र समृद्धिका लागि हो । मरो जित पाँच वर्ष त्यत्तिकै व्यतीत गर्नका लागि हैन । वडा र वडाको जनताको मुहारमा खुसी ल्याउनको लागि हो’,उनले भने । उनी बेफीमा धेरै विकासका काम गर्न बाँकी रहेको बताउँछन् । बेफीमा विकास योजनको काम नेकपा एमालेले मात्र गर्न सक्ने उनको दाबी छ । यहाँभन्दा अघि पनि बेफीमा विकास योजनका काम नेकपा एमालेले नै अघि सारेको उनले बताए । ‘बेफीमा धेरै विकासका काम गर्न बाँकी छन् । यहाँका जनताले विकास योजनाको साँच्चै राम्रो खालको प्रत्याभूति गर्न सकेका छैनन् । त्यसैले विकास गर्नका लागि नेकपा एमालेले बेफीमा जित्न जरुरी छ । फेरी यहाँ भन्दा अघि भएका परियोजना काम पनि नेकपा एमालेले नै अघि सारेका हुन्’,उनले भने ।

नेवारहरूको बाहुल्यता रहेको बलेफी १ बजारमै पर्छ । त्यसैले उनी बलेफी १ लाई पुरै बजारीकरण गर्ने सोच रहेको बताउँछन् । बलेफी १ कृषिमा पनि राम्रै क्षेत्र हो । उनी कृषि क्षेत्रलाई पनि थप आधुनिकीकरण गर्ने सोच रहेको बताउँछन् । ‘बलेफी बजार एरियामा पर्छ यो वडालाई बजारीकरण गर्नुपर्छ । हरेक टोल टोलमा बाटो विध्युत खानेपानीको पहुँच पुर्‍याउनु । कृषिलाई थप आधुनिकीकरण गर्नु छ’,उनले भने । उनी नेकपा एमाले गफले हैन कामले गर्ने पार्टी रहेको बताउँछन् । ‘नेकपा एमाले गफले हैन कामले देखाउने पार्टी हो ’,उनले भने ।‘हामी पाँच वर्ष गफ गर्न आउने हैन हामी काम गरेर वडा बासीलाई खुसी बनाउन आउने हो’,उनले थपे ।

आसन्न स्थानीय तहको निर्वाचन आउन अब १३ दिन बाकिँ छ योसँगै बलेफी १ मा घरदैलो कार्यक्रमलाई प्राथमिकतामा दलहरूले चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय