रास्टिय प्रजातन्त्र पार्टिका केहि नेताहरुले कोहि सँग सल्लाह नगरि एकल निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका छन । आगामि निर्वाचनमा रास्टिय प्रजातन्त्र पार्टि बाट मेलम्ची नगरपालिकाको उप प्रमुखमा उम्मेद्वारि दर्ता गराउनुभएको कुमारि तामाङ नगर कमिटि अध्यक्ष लगाएत नेता हरु सँग सल्लाह नगरि एक पक्षिय रुपमा काङ्ग्रेस संगको गठबन्धनमा सहभागि भएको भन्दै आफुहरुले असन्तुष्टि जनाएको राप्रपाका जिल्ला सदस्य फडीन्द्र दाहालले जानकारी दिनुभयो ।

उहाँले राप्रपा बाट उपप्रमुख र छ वटा वडा पाएमात्र गठबन्धन गर्ने सल्लाह भएपनि तामाङले व्यक्तिगत निर्णय गरेको भन्दै असहयोग गर्ने चेतावनी दिनुभएको छ । शुक्रबार काँग्रेसबाट प्रमुखमा आइतमान तामाङ र राप्रपाको उपप्रमुखमा कुमारी तामाङ हुने गरि गठबन्धन गरि चुनाव लड्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय