विपद जोखिम न्यूनीकरणका लागि पुर्व सुचना प्रणालीको अपरिहार्यता सम्बन्धि प्रदेश स्तरीय छलफल तथा अन्तर्कृया सम्पन्न ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र यु. एस. एड (USAID) र अस्ट्रेलियान सहयोग नियोग (DFAT) को आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको प्राविधिक सहयोगमा पुर्व सुचना प्रणालीको सुदृढीकरण र प्रभावकारीता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितीका पदाधिकारी, सुरक्षाकर्मी (अपतकालिन केन्द्र सरोकार निकायहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा विपद तथा जलवायु विज्ञहरु द्वारा विपद जोखिम न्यूनीकरणमा पुर्वसुचना प्रणालीको भुमिका बारे प्राविधिक प्रस्तुती रहेको थियो ।

कार्यक्रमको संचालन रमिता कार्की (विपद फोकल पर्सन, अन्तरिक मामिला तथा कानुन मन्त्रालय) ले गर्नु भएको थियो । परिचय कार्यक्रम र राष्ट्रिय गान वाचन गरिए पश्चात् इच्छा राम सापकोटा (विपद फोकल पर्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च) बाट कार्यक्रमको उद्देश्य माथी प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रमा पुर्वसुचना प्रणाली विकासका गतिविधिहरुको बारेमा छलफल गर्ने रहेको थियो । बहुप्रकोपमा आधारित पुर्वसुचना प्रणाली (विशेष गरि बाढी र पहिरो) सम्बन्धी प्राविधिक तथा वैज्ञानिक पक्ष बारे अभिमुखिकरण रहेको थियो ।

कार्यक्रममा पहिलो प्रस्तुति रमिता कार्की (विपद फोकल पर्सन, अन्तरिक मामिला तथा कानुन मन्त्रालय) ले बागमती प्रदेशबाट विपद तथा पुर्वसुचना प्रणाली अन्तर्गत संचालित नीति कार्यक्रम बारे प्रस्तुती गर्नु भयो ।

तत्पश्चात, यु. एस. एड (USAID) र अस्ट्रेलियान सहयोग नियोग (DFAT) को आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चले बहुप्रकोपमा आधारित पुर्वसुचना प्रणाली सङ सम्बन्धी परियोजनाले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा विपद जोखिम न्यूनीकरणका लागि पुर्वसुचना प्रणालीको विकास तथा असल अभ्यास, सिकाई, चुनौती र आगामी पाटोबारे प्राक्टिकल एक्सनका कार्यक्रम अधिकृत ई. मिनेश गुरुङ र सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका विपद फोकल पर्सन इच्छा राम सापकोटाले संयुक्त रुपमा प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको अन्तिम प्रस्तुति डा. धरम राज उप्रेती (जलवायु विज्ञ तथा प्राक्टिकल एक्सन – विपद एवम् जलवायु कार्यक्रम प्रमुख) ले गर्नु भएको थियो । उहाँको प्रस्तुति बहुप्रकोपमा आधारित पुर्वसुचना प्रणालीको प्राविधिक तथा वैज्ञानिक पक्षहरूको बारेमा विस्तृत प्रस्तुति गर्नुभयो । प्रस्तुतीको मुख्य विषयवस्तुहरु: कोप २८ तथा नेपाललाई अवसर, जलवायु परिवर्तन र असर, जलवायुजन्य विपद, बहुप्रकोपिय पुर्वसुचना प्रणाली, उत्थान्शिल कार्यढाचा, मुख्य सरोकार निकायहरुको भुमिका, पुर्वसुचना प्रणाली थिए । साथै, पुर्वसुचना सम्यन्त्रबारेमा विस्तृत छलफल र अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको समापन धुर्व गैडा (सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय) ले गर्नु भएको थियो । उहाँले बागमती प्रदेशले विपद व्यवस्थापनमा गरिएको प्रयास र अनुभव बारे सुरुवात गर्नु भयो । पालिकाले बाढी पहिरोको प्रतिकार्यमा मात्र वार्षिक करोडौ खर्च भएको कुरा सोचनिय छ । पुर्वसुचना प्रणालीको विकास तथा प्रभावकारी संचालनका लागि स्थानीय तहहरु बिच समन्वय र सहकार्य अपरिहार्यता रहेको बताउनु भयो । प्रदेश सरकारले विपद सम्बन्धी नीति तथा नियमहरु बनेको छन । ती नीति नियम तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको र सबै सरोकार निकायहरुले समन्वय गर्नु पर्ने बताउनु भयो । साथै, पुर्वसुचना प्रणाली विकासका लागि सबै सरोकार निकायहरुको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनु भयो ।

अन्तमा, कार्बन उत्कर्षण तथा हरित ग्यास उत्पादन कम गराउनको लागि नेपाल ले राम्रो गरेको छ । भावी दिनहरुमा यो प्रकारको कार्यक्रमको आवश्यकता र सहकार्य गर्ने प्रतिबद्ध जाहेर गर्नु भयो । सबै सहभागी तथा विज्ञहरुलाई धन्यवाद प्रदान गर्नु भयो र कार्यक्रमको समापन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय