काभ्रे । नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोक,दोलखा र काभ्रेको संयुक्त बैठक काभ्रेको दोलालघाटमा आइतबार सम्पन्न भएको छ । 

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न भएको तीन  जिल्लाको संयुक्त बैठकमा मध्यपहाडी लोकमार्ग विशेष अभियानका बारेमा छलफल भएको छ ।

नेकपा (एमाले) ले आगामी मङ्सिरको दोस्रो हप्ताबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्दै छ । सोही अभियानको तयारी तथा अभियान सफल बनाउनका लागि आवश्यक योजना तथा निर्णयहरू गर्न एमाले सिन्धुपाल्चोक,दोलखा र काभ्रे जिल्लाको संयुक्त बैठक बसेको हो । 

संयुक्त बैठकमा एमालेका उप–महासचिव ज्ञवालीले मध्य पहाडी लोक मार्ग विशेष अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारीमा लाग्न तिनै जिल्लाका पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । 

२०७३ एमालेले जसरी मेची महाकाली अभियान सुरु गरेको थियो। सोही अनुसार मध्य पहाडी लोक मार्गका साथै हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने एमालेको तयारी छ । यो अभियानले युवाहरूलाई पार्टीको काममा सक्रिय बनाउने एमालेको विश्वास छ ।

बैठकमा बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल,एमाले केन्द्रिय सदस्य सरेस नेपाल,नेता किरण पौडेललगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय