Site icon Subhatime

सिन्धु-काठमाडौँ सम्पर्क मञ्चकाे शुभकामना आदान-प्रदान तथा सिन्धुसौगात-६ विमोचन भाेली

काठमाडौँ । चाडबाडको अवसर पारेर नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले शुभकामना आदान-प्रदान तथा सिन्धुसौगात-६ विमोचन कार्यक्रम गर्ने भएको छ । 

सान ब्याङ्केट खहरे चोक पेप्सीकोलामा शनिवार भोली शुभकामना आदान प्रदान तथा पुस्तक विमोचन कार्यक्रम गर्ने भएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ,एमाले नेता अरुण नेपाल,अमृत बोहोरालगायत नेताहरूको उपस्थिति रहने सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम राख्दै आएको सम्पर्क मन्चले यसवर्ष पनि निरन्तरता दिएको अध्यक्ष आचार्यले बताउनुभयो । 

Exit mobile version